काठमाडौं । चितवन जिल्लामा प्रधान कार्यालय रहेको नेपाल माइक्रो इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र रिमालले लघु बीमा कम्पनीहरुको आवश्यकता र चुनौतीहरु माथि प्रकाश पारेका छन् । उनले आर्थिक भ्वाईससँगको कुराकानीमा लघु बीमाले बीमाको बजारीकरणमा अहम भूमिका खेलेको देखी नागरिकलाई बीमा बुझाउँने, थोरै रकममा रक्षावरण गराउँदै अन द स्पोट दाबी–भुक्तानी दिनेसम्मको काम गर्दै आएको स्पष्ट पारेका छन् । प्रस्तुत छ उनै नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ रिमालसँग आर्थिक भ्वाईस प्रतिनिधिले गरेको कुराकानी ।
लघु बीमा कम्पनीहरु मैदानमा उत्रिसकेका छन् । अहिले उनीहरुको व्यवसायीक अवस्था कस्तो होला ?
लघु बीमा कम्पनीको व्यवसायीक अवस्था ठिकै भरहेको छ । हामीलाई नेपाल सरकारले एउटा अपेक्षा राखेर संचालनका लागि इजाजत अनुमति पत्र (लाइसेन्स) दिनु भएको हो । हामीले सोही अवधारणा अनुसार नै काम गरेको अवस्था छ । सरकारकै अवधारणमा पनि विपन्न, सिमान्तकृत वर्गलाई बीमामा जोड्ने भन्ने छ । हामीले थोरै बीमाशुल्क (प्रिमियम) राखेर रक्षावरण गरिरहेका छौ । निर्जीवन बीमा कम्पनीले जहाँ कभरेज दिनु पर्ने हो त्यहाँ सेवालाई फोकस गरिरहेका छौं । यहाँहरुलाई पनि जानकारी नै छ विगतमा ठूला बीमा कम्पनीले गाउँमा छुन नसकेको ठाउँमा लघु बीमालाई सिधै जोड्दा उत्तम हुन्छ भनेर नै हामी अस्थित्वमा आएका हौ । अब ठूला कम्पनी र हामीमा धेरै फरक त छैन, उहाँहरुले असिमित भोलुमको बीमा गर्न खुला छ । लघु निर्जीवन बीमाले ५० लाख रुपैयाँसम्म बीमांकको बीमा गराउँने अनुमति पाएको अवस्था छ ।
अहिले हाम्रो प्रधान कार्यालय चिवनमा रहेको छ । तर, त्यसको मतलब हामीलाई त्यहाँको मात्रै व्यवसाय गर्नुपर्छ भन्ने प्रावधान छैन । हामीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको काम गर्दै आएका छौ । हाम्रो अहिले ९ वटा शाखा रहेका छन् । ठूला बीमा कम्पनीको तुलनामा हामीले दिने मुलभूत सेवा फरक छ । त्यसमा पहिलो कुरा हामीले गाउँमा नै व्यवसाय गर्छौ । अर्को कुरा भनेको हामीले बीमाको जागरण गराउँने विशेष अभियान नै चलाएका छौ । उहाँहरुले आफ्नो, घर, सम्पत्ती, कृषी, सामाग्रीहरुको सुरक्षा गर्नु भएको अवस्था छ । अहिले दाबी भुक्तानीको लागि पनि धेरैले बीमा गराउँनु भएको अवस्था छ । अहिले लघु बीमाको स्कोप फराकिलो भए पनि यसमा नेपाल सरकार, नेपाल बीमा प्राधिकरणले लघु बीमालाई सहजिकरण गर्न आवश्यक छ । त्यस्तो कुराहरु हाम्रो प्रिमिय अझै सस्तो बनाएर हुनसक्छ, विभिन्न ठाउँमा जागरण कार्यक्रम गरेर सरकारले सघाउँन सक्छ । हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गरेर व्यवसायलाई अघि बढाईरहेको अवस्था छ ।
नेपालमा बीमाको पाँच दशक लामो इतिहास छ । तैपनि बीमाको क,ख, (बेसिक कुरा) चाही लघु बीमाले आज सिकाउँनु परेको छ । यसमा ठूलो ग्याप देखियो नि ?
ग्याप भनेको यस्तो छ । नेपालमा बीमाको इतिहास पचास वर्षम माथि छ त्यो ठिक हो । अब हामीले तथ्यांकमा हेर्ने हो भने नेपालमा करिब ४० प्रतिशत जनसंख्या बीमाको दायरामा आएका छन् । यो आँकडा दक्षिण एशियाका अन्य देशको तुलनामा सबैभन्दा धेरै हो । छिमेकी राष्ट्र भारतको भन्दा पनि बीमा योग्य जनसंख्याको प्रतिशत हाम्रोमा राम्रो छ । ठूलो दायरा समेटीएको भए पनि फेरि केही समेटीनु पर्ने वर्ग समेटीएको छैन । तथ्यांकबाट हेर्दा पनि हामीले शहर केन्द्रित हुन चाहेको अवस्था छैन । यहाँ हामीले हाम्रो क्यारियर बैक, वित्तीय संस्था, सहकारी, माइक्रो फाइनान्सहरुको समन्वय हेर्नु पर्छ । उनीहरुको सेक्युअर्ड मार्केटबाट हामीले टाइ अप गर्नु पर्छ । उनीहरुसँग समन्वय गर्न हामीले अन्य लघु संस्थाहरु नै हेरिरहेका छौ । ठूला कम्पनीहरुले त ठूला संस्था नै खोज्दा रहेछन् । यहाँले कुरा गर्नु भए जस्तो ग्याप धेरै छ । त्यो ग्यापमा हामीले सानो पेनिट्रेट गर्न सकेमा, टाइ पन गर्न सकेमा त्यहाँ मार्केट छ ।
काठमाडौंमा केन्द्रिय कार्यालयहरु स्थापना गरेर, साढे २ अर्ब रुपैयाँ चुक्तापूँजी बनाएर, ठूला बीमा कोष बनाएका कम्पनीहरुले आजको दिनमा बीमा फोर्स सेलिङ हो भन्ने स्वीकार गर्छन् । हजूरहरुलाई त झनै चुनौतीपूर्ण देखियो नि मार्केट त ?
च्यालेन्जिङ छ । च्यालेन्जिङ अवश्य छ । च्यालेन्जले नै काम गर्ने मज्ज पनि अवश्य दिएको छ । यो च्यालेन्जलाई स्वीकार गरेनौ भने काम गर्ने मज्जा पनि अवश्य आउँदैन थियो होला । तर, त्यो च्यालेन्ज भित्र (अपर्चुनिटी) अवसर कति छ भन्ने मुख्य कुरा हो ।
त्यो च्यालेन्जलाई बिट गर्न सक्नु हुन्छ त ?
हामीले सक्नुपर्छ । त्यही सक्छौ भनेर हामीले फिल गरेका छौं । कतिपय कुराहरु गरेपछि मात्रै गर्न सकिने हुँदो रहेछ क्या । तर, यसमा के छ भने सहजिकरणको व्यवस्था चाही हुँनै पर्छ । माइक्रोलाई हुर्किन दिनुपर्छ । माइक्रोमा बढ्न दिनुपर्छ ।
हजूरहरुलाई क–कस्को सहयोगको आवश्यकता छ ?
हामीलाई नेपाल सरकारको सहयोग चाहियो अहिलेसम्म हामीले कृषी बीमा पाएको छैन । अहिले गाउँ गाउँमा हामीले कुरा गर्दा कृषीको कुरा धेरै उठ्ने गर्छ । कृषीमा धेरै किसिमका जोखिमदेखि बीमाका कुराहरु जोडिएका छन् । हामीले स्थानिय निकाय, नागरिकबाट कृषी बीमाको माग भएको पाएका छौं । आजसम्म हामीले कृषीको प्रोडक्ट पाएका छैनौ । यस्तो अवस्थामा कृषक दाजुभाईलाई हामीले बीमामा जोड्न पाएनौ ।
अहिले अन्य बीमा कम्पनीले कृषीमा अनिच्छुकता देखाउँनु भएको अवस्था छ । त्यस्तो हुनुको पछाडी सरकार आफैले तोकेको कृषी बीमाको बीमाशुल्कमा ८० प्रतिशत भुक्तानी अनुदान (सबसीडी) नदिएर हो । यो व्यवसायीक रुपमा काम गर्ने कम्पनीले नचाहिदो घाटाको व्यापार लिनु परेको अवस्था हो । यही बजारमा लघु बीमा पनि थपिएको छ । त्यसैले मैले यहाँहरुलाई के निवेदन गराउँन चाहे भने नेपाल सरकारले स्वास्थ्य बीमा, भुकम्पको रक्षावरण, स्थानिय निकायबाट अन्य दायरामा नागरिकलाई जोड्न सक्छ । कृषिमा गाईबस्तु, बाली, क्याटल थुप्रै दायरा छ ।
लघु बीमामा जोडिएको अविष्मरणीय घटना केही छन् कि ?
हो, त्यस्तो घटना छ । हामीले बीमाको जागरणको कार्यक्रम गर्दा नेपालजंगमा एउटा रोचक घटना घटेको छ । हामीले बीमा गराएको छोटो अवधिमा नै एकजना बीमितले आगलागीको घटना लिएर आउँनु भयो । हामीले लघु बीमा अरुभन्दा क्लेम सेटलमेन्टमा फरक रहेको साबित गर्दै उहाँहरुलाई तुरुन्तै दाबी दिन सक्यौ । त्यहाँ हाम्रो सर्भेयर पनि तुरुन्तै पुग्नु भएको थियो । यसले अन्य व्यवसायीहरुमा ठूलो सन्देश गएर छ त्यहाँ धेरै जना बीमामा जोडिनु भएको घटना मलाई याद छ ।
एक बीमितले मोटरसाइकलको बीमा गर्दा हामीले तुरुन्तै भुक्तानी दिएका थियौ । उहाँले त्यति छिटो पैसा पाउँने आफूले कल्पना नगरेको बताउँनु भयो । उहाँले अरु धेरै जनलााई सो घटनाको बारेमा सुनाउँनु भयो ।
अर्को भनेको लघुवित्तको नकारात्मक प्रचार फैलिरहेको बेलामा अहिले लघु बीमा र लघुबित्तको परिभाषामा नै ठूलो भ्रम सिर्जना भएको अवस्था छ ।
ठूला बीमा कम्पनी, बैंक वित्तीय संस्थाहरुले जनशक्ती पलायनको समस्या भोगिरहेका छन् । यस्तो बेलामा
लघु बीमालाई जनशक्ती व्यवस्थापन कतिको चुनौतीपूर्ण छ ?
एकदमै राम्रो, समसामयीक कुरा यहाँले उठाउँनु भयो । अब अहिले देशको आर्थिक अवस्था केही कमजोर नै छ । बैंकमा पनि ग्राहक घटेको हामीले सुनेकैछौ । यो ओपन सेक्रेटनै छ । यसबाट लघु बीमा पनि प्रभावित भएको अवस्था छ । उहाँहरुको ग्राहकको इन्स्योरेन्स त लघु बीमाले नै गर्नुपथ्यो । अहिले त्यो हिस्सा त हामीले पाएका छैनौ । हामीले हाम्रो सिमाको पनि बीमा पाएनौ । तै पनि हामी सुरुवाती अवस्थामा भएकाले थोरै भन्दा थोरै एक, दुई जना मान्छेले नै हाम्रो कम्पनी चलाउँनु भएको अवस्था छ । अर्को कुरा हामी डिजिटल्ल अघि बढ्ने क्रममा छौ । हाम्रो म्यानपावर त सिमित नै छ । भविष्यमा हामीले एउटै यूनिटबाट थर्ड पार्टी इन्स्योरेन्स (तेस्रो पक्ष बीमा) लाई पनि समेटने योजना बनाएका छौं । अहिले पनि हामीले तेस्रो पक्ष बीमामा पनि नागरिकलाई समेटन पाएका छौं ।
लघु बीमाबाट काम सुरु गरेको जनशक्तीले भोलि ठूलो बीमा कम्पनीमा काम गर्न सक्छ कि सक्दैन ?
मज्जासँग सक्छ । एउटा लघु बीमा कम्पनी उहाँहरुलाई तालिम स्थल जस्तो हो । एउटा त ग्रामिण तहमा भिज्न पाउँछन् भने अर्को क्लेम, अण्डरराईटिङ, मार्केटिङदेखि ग्राहकसँग फेस गर्ने कुरा सबैमा एक्सपर्ट हुन्छन् त । परिपक्क भएर नै निस्कीन्छन् ।
ठूला बीमा कम्पनीले भोगेको साझा समस्या हो, व्यवसायको लुछाँचुडी र अवस्थ प्रतिस्पर्धा । लघु बीमामा पनि व्यवसाय खोसासोस सुरु भइसकेको छ की ?
एकदम यहाँले भनेको कुरा निकै समसामयीक छ । अहिले हामीले प्रतिस्पर्धा कोसँग गर्नु परेको छ भन्दा एउटा माक्रोसँग नै हो, चार वटा खुलेका छन् । दोस्रो भनेको ठूला बीमा कम्पनीहरुसँग पनि हो । ठूला कम्पनीसँग चाही हामीले थर्ड पार्टीमा अलि बढी नै टच हुनुपर्ने अवस्था छ । त्यसैले पनि होला । कृषीमा त हाम्रो प्रोडक्ट नै छैन । अरु ठूला व्यवसायमा हामी जोडिदैनौ । थर्ड पार्टीको प्रतिस्पर्धालाई म अस्वस्थ चाही भन्दिन किनभने हामीले त्यति धेरै ठूलो नकारात्मक केही पनि सामना गर्नु परेको छैन । हामीले काम गरेदेखि राम्रो तरिकाले प्रिमियम कलेक्सन गर्न सफल भएका छौं ।
समग्र नेपाल बीमक संघ हो कि कुनै निश्चित कम्पनी लघु बीमाले लिएको थर्ड पार्टी व्यवसायमा असन्तुष्ट देखिएको, यसमा प्रस्टयाईदिनुस् न ?
यसमा मलाई सुन्नमा आएको छैन । मैले सुन्नमा आएको कुरा अलि फरक छ । त्यो हो, पुलमा चाही अब माइक्रोलाई पनि राख्नु पर्यो भन्ने चाही छ । माइक्रोलाई अहिले राख्ने वा नयाँ प्रोर्टफोलियो दिएर ल्याउँने भन्ने चाही क्लियर छैन । सरकारले स्वस्थ प्रतिस्पर्धा नै गराउँने चाहने हो भने त स साना मोटरसाईकल जस्ता व्यवसायलाई लघु बीमामा मात्रै जोड्दा उचित हुने देखिन्छ । ठूला कम्पनीका लागि ठूला गाडीहरु छदै छन् नी ।
अन्तिममा केही जोड्न चाहानु हुन्छ कि ?
एउटा नेपाल सरकारले सहजिकरण गर्न लघु बीमालाई दर रेटमा सहजिकरण गर्नु पर्ने र कृषिले पाउँने अनुदानमा स्थानिय निकयाले पनि केही पाँच प्रतिशत मात्रै थप्न सकेमा निकै कम रकमका कृषकहरुले बीमा गर्न पाउँने अवस्था रहन्छ ।