काठमाडौँ। भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले ७ वटै प्रदेशका लागि विभिन्न पदमा २३० जना कर्मचारी माग गरेको छ ।
कम्पनीले बजार प्रतिनिधि पदका लागि उक्त सङ्ख्यामा कर्मचारीका लागि दरखास्त आवेदन खुलाएको छ। प्रदेश न.१ का लागि २६ जना,प्रदेश न.२ का लागि ३१ जना, प्रदेश न.३ ९चितवन०का लागि ११ जना, काठमाण्डौका लागि ५० जना,प्रदेश न.४ का लागि ३४ जना,प्रदेश न.५ का लागि ३७ जना,प्रदेश न.६ का लागि २२ जना र प्रदेश न.७ का लागि १९ जना गरी कुल २३० जना कर्मचारी माग गरिएको छ।
कम्पनीले बजार प्रतिनिधि पदका लागि १२ कक्षा उत्तीर्ण गरेकालाई आवेदन दिन प्रोत्साहन गरिने जनाएको छ । इच्छुक उम्मेदवारले कम्पनीको [email protected] मा प्रदेश उल्लेख गरी इ–मेलमार्फत सी भी पठाउनुपर्ने कम्पनीले सूचित गरेको छ ।