काठमाडौं । प्रभु बैंक लिमिटेडले २०८१ वैशाख २० गते वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको उक्त सभा केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुने बैंकले जनाएको छ ।
गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने बैंकलले जनाएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्ने भएको छ ।
सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्ने जनाएको छ। साधारण सभा प्रयोजनका लागि २०८१ वैशाख ४ गते बुक क्लोज गर्ने बैंकले जानकारी गराएको छ ।