काठमाडौँ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा अमृतभोक क्याटरिङ कालिका स्थानमासम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिको २७औँ वार्षिक प्रतिवेदन २०७९- ८० पारित गर्नुको साथै लेखापरीक्षकको प्रतिवेदन सहित साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी तथा कम्पनी गाभिएपछि कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स इन्स्योरेन्स कम्पनीको २०८० साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९-०८० को नाफा हिसाब तथा नगद प्रवाह विवरण र अनुसूचीहरू पारित गरेको छ ।
आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट चुक्ता पुँजीको पाँच प्रतिशतले हुन आउने १३ करोड ११ लाख ३१ हजार ९ सय १० रुपैयाँ दिने भएको हो ।
त्यस्तै उक्त सभाले लेखा परीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०-०८१ को लेखा परीक्षण गर्नको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोकेको छ । साथै सभाले स्वतन्त्र सञ्चालकमा सुश्री निर्मला देवी मानन्धरलाई गरिएको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्ने तथा सो बमोजिम कम्पनीको नियमावलीको नियम ३२ को उपनियम (१) को ख र (घ) संशोधन गर्नुको साथै नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न सञ्चालक सि अख्तियारी दिने लगायतका विविध प्रस्ताव पारित गरेको हो ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि चैत १३ गते एक दिनको लागि बुक क्लोज गरेको थियो । कम्पनीको फागुन २७ गते बसेको संचालक समितिको बैठकले आज सम्पन्न सभाको मिति तय गरेको थियो ।