काठमाडौं। आज मंगलबार सेयरका दिन शेयर बजारमा सुधार आएको छ । मंगलबार बजार ९.१९ अंकले बढेर २०३६ को विन्दुमा कायम हुन पुगेको छ ।
आज ३१५ कम्पनीको ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।
सेयर बजारमा सुधार आउदा सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १८ करोड ८ लाख १० हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको गुर्खाज फाइनान्सको १६ करोड ५ लाख ९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।