काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले २०४७ सालयताका सबै घोटाला काण्ड छानबिन गर्न माग गरेको छ ।

(आज)मङ्गलवार बसेको रास्वपाको संसदीय दलको बैठकले उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको गठन गर्नुपर्ने माग गरेको हो । नेपाली कांग्रेसले रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको मागबाट पछि नहटेपछि रास्वपाले यस्तो माग राखेका हो ।

कांग्रेस महामन्त्री गगनकुमार थापालाई इङ्गित गर्दै रास्वपाका एक नेताले भने  ‘क्याम्पस पढ्दा र युनियनमा छँदा देखि हिनामिना गरेको पैसाको पनि हिसाब किताब हुनुपर्छ।’

मंगलबारको बैठकले कांग्रेसले राखेको संसदीय छानबिन समितिको मागलाई बिना आधारको रूपमा व्याख्या गरेको निष्कर्ष निकालेको छ ।