काठमाडौँ । नेपाल धितो पत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया लम्बिने संकेत देखिएको छ । यस अगाडि  बिहीबार कार्य योजना प्रस्तुत गर्ने तालिका सार्वजनिक भएको थियो ।

उम्मेदवार मध्य धेरैजसोको कर्पोरेट घरानाको नाम जोडिएको भन्दै अर्थमन्त्री वर्षमान पुनले असन्तुष्टि जनाउँदै तत्कालको लागि अध्यक्ष छनोट प्रक्रिया रोक्न निर्देशन दिएका हुन् । मन्त्री पुनको निर्देशन लगत्तै तत्कालको लागि रोकिएको छ ।

अध्यक्ष छनोट समितिले ५ जनाको नाम ‘सर्टलिस्ट’ गरेको छ । सर्टलिस्टमा परेकाहरूले भोली अर्थात् बिहीबारका दिन कार्य योजना प्रस्तुत गर्ने तालिका तयार भएको थियो ।धितो पत्र बोर्ड अध्यक्षको लागि १९ जानाको आवेदन परेको थियो ।

जसमध्ये छनोट समितिले ५ जनाको नाम ‘सर्टलिस्ट’ गरेको थियो । ‘सर्टलिस्ट’ कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ, नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ परेका छन् ।