काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा गठबन्धनकी विमला घिमिरे निर्वाचित भएकी छन्।

कांग्रेसबाट विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै एमालेकी घिमिरे निर्वाचित भएकी हुन्। उनले ३९ मत ल्याउँदा पुडासैनीले १६ मत ल्याएकी थिईन ।

मतदानका क्रममा ५५ जना सदस्य उपस्थित रहेको थियो । राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ तथा जनमोर्चा, लोसपा र मनोनीतसहित सांसदले मतदान गरेका थिए।