पोखरा । पोखरा महानगरपालिकाका एक इन्जिनियरलाई अख्तियारले घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरमा कार्यरत इन्जिनियर उषाकिरण रोकायालाई डेढ लाख रुपैयाँ घुससहित राति पक्राउ गरेको हो ।
घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा घुस लिएपछि उनलाई पोखरा ५ पस्र्याङबाट पक्राउ गरिएको हो ।