काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आज भने तोलामा २०० रुपैयाँले ओरालो लागेको हो ।
एक दिन सस्तिँदैमा सुनको मूल्यमा कमी आउँछ भन्ने आधार छैनन् : महासंघ अध्यक्ष श्रेष्ठ
बिहिबार छापावाला सुनको मूल्य एक लाख ३६ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।