काठमाडौं । मंगलबार शेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजार ३२.४६ अंकले बढेको छ । सेयर बजार नेप्से परिसूचक ३२ अंकले बढेर २०१८.९३ विन्दुमा पुगेको हो ।

आज शेयर बजारमा ४ अर्ब १० करोड माथिको कारोबार भएको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको २७ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

आज सकारात्मक सर्किट लाग्नेमा विन नेपाल लघुवित्त वित्तिय संस्था, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सिटी होटल्स रहेको छ ।

हिमालयन डिष्टिलरीको १७ करोड ४६ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १६ करोड २६ लाख, सोल्टी होटल लिमिटेडको १२ करोड १६ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक धेरै उत्पादन तथा प्रशोधनमुलक कम्पनीहरुको सूचकमा सुधार देखिएको छ ।