काठमाडौँ । नेपालकै पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.ली आर्थिक वर्ष २०७८/२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ ।

नेपाल उघोग वाणिज्य महासंघको ५८औ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शन प्रा.ली सम्मानित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले मनकामना दर्शन प्रा.ली की सेल्स तथा मार्केटिङ डाइरेक्टर यशु क्षेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन् ।

गत वर्ष पनि सोही विधामा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित यस कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनदारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको र मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छा कामना एवम् गोरखाको सहिद लखन गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न अतुलनीय योगदान पुर्याईरहेको छ ।