२०८० सालको पहिलो कारोबारका दिन नेप्से परिसूचक २.८० अंकले ओरालो लागेको थियो । भने सूचक १९३१.६८ को बिन्दुमा उक्लिएर बजार बन्द भएको थियो । एक वर्षको अवधिमा अर्थात् यस वर्षको अन्तिम कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.७१ अकंले घटेर २०२५.३० बिन्दुमा बन्द भएको छ।
समग्रमा २०८० सालमा हालसम्म नेप्से सूचक १०४.३३ अंकले बढेको छ। समग्रमा यस वर्ष नेप्से परिसूचक साढे ४ प्रतिशतभन्दा बढी बढेर बन्द भएको छ। गत वर्ष अर्थात् २०७९ चैत ३० गते १९३४.४७ विन्दुमा बन्द भएको नेप्से, यस वर्ष ९१.२३ अंक ९४.७२ प्रतिशत बढेर २०२५.७० विन्दुमा पुगेको छ।
गत वर्ष १३५.५० विन्दुमा बन्द भएको फ्लोट इण्डेक्स, यस वर्ष १.५४ अंक बढेर १३७.०४ विन्दुमा पुगेको छ । त्यस्तै कम्पनीहरूको सेन्सेटिभ फ्लोट इण्डेक्स भने यस वर्ष क्रमशः २.६६ प्रतिशत र ४.४९ प्रतिशत घटेको छ।
यस वर्ष १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस वर्ष होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक अर्थात् ५३.०२ प्रतिशत बढेको छ।
गत वर्ष ३३४४.६० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस वर्ष १७७३.३७ अंक बढेर ५११७.९७ विन्दुमा पुगेको तथ्याकंमा उल्लेख छ । अंकका आधारमा भने यस वर्ष उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको देखिएको छ ।
त्यस्तै यस वर्ष जलविद्युत र बैंकिङ्ग उपसमूहको परिसूचक घटेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १५.५९ प्रतिशत घटेको छ। २०७९ साल चैत ३० गते १२५४.८३ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस वर्ष १८५.६० अंक घटेर १०५९.२३ विन्दुमा झरेको छ। समग्रमा यस वर्ष जलविद्युत उपसमूहको परिसूचक १.७२ प्रतिशत ओरालो लागेको छ ।
कुनै समय उच्च विन्दुमा पुगेको सेयर बजारले वर्तमान समयमा लगानीकर्तालाई हर्षित बनाउन सकेको देखिँदैन । सेयर बजारले पछिल्लो ३० महिना भन्दा धेरै समयदेखि लगानीकर्तालाई निरुत्साहित बनाइरहेको अवस्था ताजा देखिन्छ ।
सेयर बजारको भविष्य कस्तो होला ? यो जो कोही लगानीकर्ताको चासोको विषय बनेको छ। पुरानो गठबन्धन फेरिएपछि दोस्रो पटक अर्थमन्त्री बनेका वर्षमान पुनको नियुक्तिसँगै सेयर बजारमा सकारात्मक परिवर्तन आउने आम लगानीकर्ताको अपेक्षा अझैसम्म कायम रहेको देखिन्छ ।
अर्थमन्त्री पुनले पदभार ग्रहणका क्रममा सेयर बजारमा सुधार गर्ने बताएका थिए सेयर बजार ६० लाख लगानीकर्ताको भविष्यसँग जोडिएकाले सुधारको कदम चाल्ने भन्ने उनको टिप्पणीले लगानीकर्तामा हौसला थपेको थियो तर हालसम्म बजार खासै लयमा फर्किन सकेको अवस्था भने बनेको देखिँदैन ।
बोर्डले सम्बद्ध निकाय, लगानीकर्ता र सरोकारवालासँग छलफल गरी मन्त्रीलाई सुझाव बुझाइसकेको छ। तर सेयर बजार सुधारको लागि तत्काल कदम चाल्ने भनेका मन्त्री पुनले बोर्डले बुझाएको सुझाव अझै कार्यान्वयन गर्न सकेको अवस्था छैन।
अर्थतन्त्रमा देखिएको समस्या नसल्टिएसम्म लगानीकर्ताको आत्मविश्वास नबढ्ने केही सेयर विश्लेषकहरूको भनाई छ । निरन्तर ओरालो लाग्दै गइरहेको सेयर बजारमा सरोकारवाला निकायहरूले नै चासो कम देखाएकोले लगानीकर्ताहरू निरुत्साहित बन्दै गएको उनीहरूको तथ्यगत आरोप समेत रहेको छ ।
पछिल्लो समय नेपाल स्टकमा रहेका १३ वटा उपसमूहको सूचक सबै नकारात्मक छन् । यस अवधिमा सबैभन्दा धेरै बैंकिङ उपसमूह घटेको देखिन्छ। र लघुवित्त उपसूचकमा भने निकै नै उतारचढाव भएको देखिन्छ। उत्पादन तथा प्रशोधन उप समूहको सूचकमा खासै दबाब परेको देखिँदैन। यसै वर्ष यस समूहमा तीन वटा कम्पनी सूचीकृत हुँदा पनि यस समूहको सूचक सन्तुलन देखिएको हुन सक्ने लगानीकर्ताहरूको बुझाइ छ ।
सेयर बजारलाई माथि लैजानलाई सहयोग गर्ने तरलता, ब्याजदर, राजस्व, चहलपहल पनि क्रमशः वृद्धि हुँदै गएको सन्दर्भ प्रस्तुत गर्दै उनले सेयर बजार अब उठ्ने बेला आएको केही विश्लेषकहरू बत्ताउँछन् । आगामी वर्षको शुभारम्भसँगै बजारमा सकारात्मक यात्राको सुरुवात हुने विश्लेषकहरूको आकलन रहेको छ ।
सेयर बजारमा यसबारे पर्याप्त जानकारी राख्ने लगानीकर्ताको सङ्ख्यामा कमी रहेको कारण लगानी गर्नुअघि लगानीकर्ता समेत सुध्रिन आवश्यक रहेको र कम्पनीको बारेमा अध्ययन बढाउनुपर्ने जानकारहरूको सुझाव रहेको छ ।