काठमाडौं । युरोप महाद्विपमा भइरहेको युद्धको प्रत्यक्ष प्रभाव नेपालको हस्तकला उद्योगमा देखा पर्न र्आको छ।हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यका अनुसार युरोपमा २० प्रतिशतले हस्तकला निर्यात घटेको बताएका छन् ।

युरोपमा हाते कागज, पस्मिना, फेल्ट लगायतका सामग्री बढी मात्रामा निर्यात हुने गर्छन्। गत वर्ष ६ अर्बको हस्तकला युरोपमा निर्यात भएको थियो । यसवर्ष गतवर्षको तुलनामा २० प्रतिशतले घटेको अध्यक्ष शाक्यको भनाई छ ।

“युरोपमा युद्धको प्रभाव हस्तकला व्यापारमा पर्न गएको छ”, उनले भने, “यद्यपि अरु मुलुकमा निर्यातको अवस्था मध्यम छ ।” हस्तकला महासङ्घको तथ्याङ्क अनुसार प्रत्येक वर्ष १२ अर्ब रुपैयाँको हाराहारीमा हस्तकला तथा मूर्तिकला निर्यात हुने गरेको छ ।