काठमाडौँ। राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई नियुक्त गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने जनाएको छ।

(आज) शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन्।

राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रियसभा सदस्य पद रिक्त रहेको थियो । पूर्व राजदूतसमेत रहेकी शाक्य एमाले कोटामा सिफारिस भएकी हुन् ।