काठमाण्डौ । नयाँ वर्ष २०८१ लाई लक्षित गरेर विकास बैंक लिमिटेडले ग्राहकहरुका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट,क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०।८१ प्रतिशत छुटको योजना ल्याएको छ । त्यस्तै, ग्राहकले सोही योजना अनुसार अधिकतम २ रुपैयाँसम्म नगद फिर्ता फिर्ता पाउँने व्यवस्था गरेको हो ।
उक्त योजना अनुसार बैंकको डेबिट,क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपालभित्र पीओएस मेसिनमार्फत कारोबार गर्दा अधिकतम २ सयसम्म नगद फिर्ता पाउन सक्ने भन्दै बैंकले सो योजनाको अवधि वैशाख १ गतेदेखि वैशाख ३ गतेसम्म चल्नेछ ।
साथै,बैंकले आफ्ना ग्राहकहरुको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुवात गरिसकेको बताएको छ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १ सय २३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम एवं विभिन्न डिजिटल बैकिङ माध्यमबाट ग्राहक मैत्री सेवा सुविधा प्रदान गर्दै आएको छ ।