काठमाडौँ। सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ। शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन्।उत्कृष्ट फलका रूपमा मानिने सुन्तलाले नेपालको अर्थतन्त्र वृद्धिमा सघाउ पुर्याएको छ । नेपालमा सुन्तलाको राम्रो खेती हुन्छ ।
धेरैको रोजाइमा समेत उत्कृष्ट फलका रूपमा पनि सुन्तलालाई लिइन्छ ।साथै उत्पादनमा वृद्धि गर्न तथा किसानको हौसला बढाउन यो निर्णयले थप सहयोग पुग्ने सरकारको विश्वास रहेको छ ।