काठमाडौँ। स्वास्थ्यको लागी पर्याप्त निद्राको अत्यावश्यक छ । तर आजको व्यस्त समयमा धेरै मान्छेको साझा समस्या बनेको छ अनिन्दा । यो नेपालको मात्रै हैन विश्वव्यापी समस्या हो ।
दौडधुपपूर्ण जीवनमा आवश्यक निन्द्रा नपुग्दा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखा पर्ने स्वास्थ्य विज्ञहरूको सुझाव छ । त्यसकारण निन्द्रा निकै आवश्यक छ। तर वैज्ञानिकहरू मिठो निन्द्राको लागि हाम्रो दैनिक जीवनमा थोरै परिवर्तन मात्रै गरेपनि पुग्ने बत्ताउँछन् ।
उसो त के गर्यो भने आरामदायी निद्रा पाउन सकिन्छ रु के कुरामा ख्याल गर्नुपर्दछ केही स्वास्थ्य विशेषज्ञले दिएको जानकारी हामी तपाईँलाई साट्न चाहन्छौ ।
सुत्ने र उठ्ने समयको निश्चित गर्नुहोस्
सुत्ने र उठ्ने समय एउटै बनाउनुहोस् । सबैभन्दा महत्त्वपूर्ण कुरा जागा रहने समय निश्चित राख्नु हो । यसले गर्दा शरीरले सुत्ने समयमा निद्रा पार्न सहयोग गर्छ।
अँध्यारोमा बस्नुहोस्
निद्राका लागि आवश्यक महत्त्वपूर्ण हार्मोनका लागि शरीरले अँध्यारो खोज्छ । विकासको एउटा नराम्रो पक्ष भनेको हामी निरन्तर उज्यालोमा हुन्छौँ । सुत्नुअघि कोठाको उज्यालो कम गरेर हामी अँध्यारो बनाउन सक्छौँ ।
यसको अर्थ मोबाइल वा टिभी वा कम्प्युटरको स्क्रिनबाट पर रहनु पनि हो । स्क्रीनले ‘नीलो प्रकाश’ निकाल्छ जसले निद्राको हार्मोन मेलटोनिनको प्रभावलाई निस्तेज पारिदिन्छ त्यसैले प्रकाशका स्रोतहरूबाट निदाउनु भन्दा कम्तीमा १ घण्टा पहिले टाढा रहनुहोस् ।
ओछ्यानमा सुत्ने बेला मात्रै जानुहोस्
सुत्न र अन्य सीमित क्रियाकलापका लागि मात्र ओछ्यानमा जाने बानीको विकास गर्नुहोस्। खाना खान, पढ्न वा खेल्न होइन। हाम्रो मस्तिष्कले छिट्टै दुई बस्तुबिच सम्बन्ध स्थापित गर्छ । त्यसैले हामीले ‘ओछ्यान सुत्नका लागि हो’ भन्ने सन्देश दिनुपर्छ । यदि ओछ्यानमा २० मिनेटसम्म निदाउन सकिएन भने उठेर केही बेर हिँड्ने, पढ्ने वा अरू केही काम गरेर अलमलिनुपर्छ । त्यसो गर्दा फेरि सुत्न सजिलो हुन सक्छ ।
कफी कम खानुहोस्
दिउँसो हामी कोला, कफी, चिया वा अन्य पेय पदार्थ पिउँछौँ । तिनमा हुने क्याफिन र थिन जस्ता तत्त्वले हाम्रो स्नायु प्रणालीमा रमाइलो प्रभाव देखाउँछन् ।कफीको ‘हाफ लाइफ’ हुन्छ । त्यसैले यसको प्रभाव छ घण्टासम्म आधा र नौ घण्टासम्म तीन चौथाइ एक्प्रेसो खाए जति बाँकी हुने स्वतथ्यविद् बत्ताउँछन् ।
त्यसैले सुत्ने बेलामा सकभर कफीको प्रयोग नगर्नुहोस् ।
मदिरा त्याग्नुस्
प्राय मानिसहरू मदिराले निद्रा पार्छ भन्छन् । तर यो सत्य होइन । मदिरा पिएर लागेको निद्राले स्वास्थ्य र सपनालाई राम्रो गर्दैनन् तसर्थ सुत्नु अगाडि मदिरा तथा सुर्तीजन्य पर्दाथ नखानुहोस् ।