काठमाडौं । नयाँ वर्षको २०८१ को पहिलो कारोबारका दिन आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । गत चैत ३० गते प्रतितोला २४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला २ हजार भन्दा बढीले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
नेपाली बजारमा आज तेजावी सुनको मूल्य पनि २२ सय सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेको छ।
चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३२.४७ डलरले घटेको थियो । जसका कारण नेपाली बजारमा समेत सुनको मूल्य घटेको हो ।