कुनै एउटा व्यक्तिले गरेको काम साधारणतया अर्को व्यक्तीले पनि गर्नसक्छ भन्ने एउटा मान्यता होला । तर, यसो भन्दैमा सबै मानिसले एउटै काम गर्न सक्छन् वा बराबरी रुपमा काम गर्ने सामथ्र्य राख्छन् भन्न फेरी त्यति स्वभाविक नहोला । आज हामीले यस्तो पात्र भेटेका छौं जसको जीवनमा अदभूत पाटाहरु गाँसिएका छन् । उनै अदभूत अनुभवहरु गाँसेर उनको विविध गतिविधिलाई हामीले नियाल्ने जमर्को गरेका छौं ।

आर्थिक भ्वाईससँग जम्काभेट भएका त्यस्ता पात्र अरु कोही नभएर हाल माछापुच्छ्रे बैंकका डाईरेक्टक तथा
चावहिल चोकमा रहेको मेडिकेयर अस्पतालका प्रशासन प्रमुख हरिभक्त सिग्लेद,(महेश) हुन् । जोसिँला सिग्देलको उमेर यही नयाँ वषको सुरुवातसँगै सात दशक नाघिसकेको छ । सिग्देलले आफ्नो जीवनमा आर्थिक,अध्यात्मक,सुरक्षा निकायमा काम गरेको अनुभव साटेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन संकायमा स्नात्तकोतरसम्मको अध्ययन गरेका छन् । डीएसपीको रुपमा २९ वर्षे सेवा अवधि पूरा गरेका सिग्देलले गरिमामय पुरस्कार प्रवल गोरखा दक्षिण बाहु चौथो प्राप्त गर्न सफल भए । भास्टक इन्टरनेशनल प्राइभेट लिमिटेड, रुविन हाउजिंग एण्ड इन्भेस्टमेन्ट, स्इन्टेज इन्भेस्टमेन्ट लगायतका प्रतिष्ठित कम्पनीहरुमा समेत कार्य अनुभव हाँसिल गरेका छन् ।

अध्यात्मवादमा आस्था राख्ने उनी नेपाल सरकारको पूर्व डीएसपी समेत हुन् । मुक्तिनाथ दर्शन साहित्य समाज पत्रिकाका उनी संस्थापक अध्यक्ष समेत हुन् । प्रस्तुत छ उनै सिग्देलसँग आर्थिक भ्वाईस प्रतिनिधि बिजय फुयाल र नबिन पोखरेलले गरेको कुराकानीको सम्पादित अंश ।

कक्षा १ देखि ७ सम्मको सबै किताबहरू एकै पटक स्वअध्ययन गरेर कक्षा आठमा एकै पटक भर्ना भएको उनी बताउँछन् ।

तपाईले आफ्नो जीवनलाई आफैले फर्केर हेर्दा कसरी स्मरण गर्नुहुन्छ ?
म स्वर्गिय खड्गध्वज बोलाउने नाम (बलराम) सिग्देल र गंगावेदी सिग्देलका कान्छो छोरा हुँ । मेरा चार दाजूभाई तथा चार दिदी बहिनीमध्येको सबैभन्दा कान्छो छोरा समेत बन्ने अवसर पाए । मेरो जन्म राजधानीस्थित जितपूरफेदी गाउँ पञ्चायत तत्कालिन पाँचमाने जितपुरफेदीमा भएको हो । त्यहाँ पाँचमाने थियो । जितपूरफेदी भनेको हास्यकलाकार मदन कृष्ण श्रेष्ठको समेत गाउँ हो ।

यस्तो छ उनको अचम्मलाग्दो शैक्षिक यात्रा
बुवाको सानै छदा निधन भएको उनले १० वर्षसम्म विद्यालय जाने कुनै छाँटकाँट नै देखाएनन् । सानै उमेरमा अकारण स्कुलप्रतिको आस्था, मोह गुमाएका उनको एक दिन गाउँमै सँगै खेल्दै हुर्केको साथी लक्ष्मण प्रसाद घिमिरे ‘काँठे’ सँग ढुंग्याचौर भन्ने ठाउँमा अकस्मात् जम्काभेट भयो। घिमिरे त्यति बेलाको जेपी विद्यालयको कक्षा ७ को परीक्षा सकेर फकिँदै थिए। त्यहाँ उनीसँगै उनको दाई रामभक्त सिग्देल पनि हुनुहुन्थ्यो। उनले त्यति बेलाको घटनालाई स्मरण गर्दै भने, ‘दाईले लक्ष्मण प्रसाद घिमिरे ‘काँठे’लाई २० एकानको गुणन भन्न लगाउनु भयो। उमेरले म भन्दा मात्र ६ महिना जेठो काँठे दाईले २० एकानको गुणन सुनाएपछि दाईले तेरो उमेरको त भन्दा ६ महिना मात्र जेठो यत्रो पढी सक्यो। कुस्ती खेल्यो भने त जित्लास्। तर त भने गोरु जोतेर बस्ने भनेर मुखमा नमज्जाले थुक्नु भयो।’ त्यति बेलाको त्यो क्षणलाई सम्झिँदै उनले त्यो घटनाले उनको जीवनमा नयाँ मोड आएको बताउँछन्। ‘त्यस पछि नजिकै रहेको पिपलको रुखलाई छोएर अब पढाईमा ‘काँठे’ दाईलाई मात्रै होइन तपाई (दाई)लाई पनि जित्छु भनेर संकल्प गरे।’ उनले भने, ‘त्यसपछि घर गएर आमालाई एकै पटक १ देखि सात कक्षासम्मको पुस्तकहरू ल्याइदिनका लागी रोइकराए। पटक -पटकको बालहटको अगाडी आमाको पनि केही लागेन र किताब किनेर ल्याइदिनु भयो।’ कक्षा १ देखि ७ सम्मको सबै किताबहरू एकै पटक स्वअध्ययन गरेर कक्षा आठमा एकै पटक भर्ना भएको उनी बताउँछन् ।

त्यो समय उनी काठमाडौं रिंगरोड दौडेरै एक चक्कर लगाउने गर्थे । साडे दुई घण्टामा पूरा रिंगरोड घुम्ने गर्थे ।

उनले आफ्नो त्यो दृढ संकल्पलाई भगवानको कृपा वा आफ्नो जीवनको टर्निङ पाइन्टको रूपमा लिएका छन् । बाह्रखरीको अध्ययन उनले जम्मा तीन दिनमा कण्ठस्थ पारेका थिए । दुई महिनाको अवधिमा उनले सात कक्षासम्मको लागि स्वअध्ययन गरेका छन् ।

स्कुलको पढाई सकाए पछि लोकसेवामा नाम निकालेर कान्ति अस्पतालमा उनले वैधारको काम गरेका थिए । जुडो कराते,जिम्मास्टिक खेल्नका लागि रहर लागेको हुनाले त्यो समयमा बाहिर खेल्न नपाइने हुनाले नेपाल प्रहरीको सिपाहीमा बि.स २०२९ सालमा भर्ना भएको उनले बताए। जागिर खाएको १ बर्षमै उनले राजाको जन्मदिनमा जिम्लास्टीक,खुकुरी डान्स लगायतका कलाहरू समेत प्रस्तुत दिएका थिए ।

प्राइभेटबाट आई कम पास गरेका उनको ज्यान सानो र उमेर पनि धेरै नभएको कारण आफ्नो प्रमोसनमा केही बाधा परेको स्मरण गरेका छन् । उनले आफू सधैँ अन्यायको विरुद्धमा लड्दै आएको र सोही कारण प्रहरीमा आफू आबद्ध भएको जानकारी दिएका छन् । हवलदार भएकै बेलामा सिधै आईजिकोमा गएर उनले आफू फिट रहेको र त्यसमा पुनर्विचार गर्न सुझाव दिएका थिए । उनको सुझाव अनुसार आफूले प्रमोसन पाउन सफल भएको बताएका छन् । त्यति बेलामा धेरै जनासँग आफूले जुध्न सक्ने आँट संघालेको अनुभव पनि सुनाएका छन् । त्यो समय उनी काठमाडौं रिंगरोड दौडेरै एक चक्कर लगाउने गर्थे । साडे दुई घण्टामा पूरा रिंगरोड घुम्ने गर्थे । डेरीबाट किनेको दूध उनले काँचै खाने गर्थे ।

वास्तविक जीवन भनेको परोपकार गर्नको लागि हो । बाँचुन्जेल परोपकार गर्नु नै जीवन पनि हो । गीता भनेको म्यानुअज हो ।

त्यो बिचमा लोक सेवा सुब्बा पास गरे पनि उनलाई नेपाल प्रहरीले सेवाबाट बाहिर जान दिएन । हवलदार हुँदा नै प्रहरी पेसा नछोड्न सुझाव पाएका उनले डीएसपीसम्म बन्ने अवसर पाए । उनले राजा वीरेन्द्रको १९ वटा सवारीमासँगै हिँड्ने मौका पाएका थिए । हेटौडा, धनकुटा लगायत विभिन्न ठाउँमा पुगेको उनले सम्झिए । प्रहरी छोडेसँगै उनलाई ठुलो घरानाले साथमा लिएका थिए । हालसम्म उनले आफ्नो जागिरलाई निरन्तरता दिएका छन् । सिग्देलले प्रजातन्त्रको आवश्यकता देशमा भए पनि त्यसलाई रियल प्राक्टिसमा ल्याउँन नसकिएको आभाष भएको बताएका छन् । उनले उपेन्द्र महतो जस्तो समूहमा आफू जोडिन पाउँदा गौरवान्वित हुने गरेको सुनाएका छन् ।

जीवन भनेको के हो ?
जीवन भनेको सत्कर्मको लागि मान्छे पृथ्वीमा जन्मिन्छ । वास्तविक जीवन भनेको परोपकार गर्नको लागि हो । बाँचुन्जेल परोपकार गर्नु नै जीवन पनि हो । गीता भनेको म्यानुअज हो । टिभीको म्यानुअज जस्तो हो । मानव जीवनमा गीता वेद, पुरान, उपनिषद्, कुरान, बाइबल, ट्रिपिटकको सार हो गीता ।

जीवन खुशी बनाउँन के गर्नुपर्छ ?
सात्विक खाना र सात्विक सोच हामीमा विकास हुनुपर्छ । मनले सद् चिन्तन गर्ने, बचनले सत्य मात्रै बोल्ने र कर्ममा सत्कर्म मात्रै गर्यो भने त्यो जीवन सफल पनि हुन्छ सम्पन्न पनि हुन्छ । त्यसरी जीवनमा शान्ति मिल्छ । धन दानको लागि, विद्या बाढ्नका लागि हो र शक्ती शान्ती कायम गर्नका लागि प्रयोग गर्न हो । राज्यले स्वास्थ सेवा र शिक्षा सेवामा छुट दिएमा भ्रष्टचार कम हुन्छ । देशले नै शिक्षा र स्वास्थ्य सेवा दिनुपर्छ । अहिले तामसी सोच बढेको उनले सुनाएका छन् । खुशी आत्यात्मिक चिन्तनमा छ । आफूले बुझेको कुरा अरुलाई बुझाउँनेमा छ ।

घुमघाममा रुची कत्तिको छ ?
रस्सा, अमेरिका, अस्ट्रेलिया, इजिप्ट, अफ्रिका, साउथ अफ्रिका, तान्जेनिया लगायतका एक दर्जन भन्दा बढी देशहरु घुम्ने अवसर पाए । नेपालको पनि विभिन्न जिल्लाहरुमा उनले पाइला पारेका छन् । उनको मुख्य रुची जीवनलाई हेर्ने, प्रत्येक मान्छेको बिग्रिएको, सप्रेको र मध्ययम मार्गको जीवनका बारेमा अध्ययन गर्ने छ ।
हाल उच्च कोटीको जीवनको खोजीमा उनी छन् । सिग्देलले मर्नेदिनसम्म सहि रहेको मान्छे मात्रै सहि साबित हुने भएकोले जीवनको अन्तिम घडीसम्म मेहनत गर्नु पर्ने बताएका छन् ।

आफ्नो परिचय आफैले दिँदा
परोपकारो चिन्तन गर्दै, आफ्नो अभिव्यक्त गरेको कुराले अरुलाई दुख नपरोस् भनेर बहुजन हितायमा आफूले काम गर्दै आएको बताएका छन् । असल मानिसहरुको हामीले रक्षा गर्नुपर्छ । यो भनाई प्रहरीमा पनि लागू हुन्छ । समाजमा विवेक भएका व्यक्तीहरुको संख्या राम्रो बढाउनुपर्छ । नयाँ नयाँ विकृती रोक्न त्यस्ता विकृतीहरुको संख्या घटाउँदै जानुपर्छ ।

अध्यात्मवाद प्रभाव पर्नुको मुख्य कारण
उनको जन्म बैष्णव परिवारमा भएको हो भने उनी पनि आजीवन शाकाहारी हुन् । साष्टंग दंण्डवट गर्न उनले सानैबाट सिकेका थिए । पुस, माघ महिनामा गोबरले लिपेको ठाउँ ढोग्न उनलाई सानोमा निकै सकस हुने गरेको थियो । वेद उपरिषदको सार ब्रमानन्द, गीता र बुवा आमाले दिएको संस्कारले उनले आध्यात्म भाव आफूमा जागेको सुनाएका छन् ।

कुनै दिन सानोमा बाटोको छेउमा अर्कैको जग्गामा फलेको आरु टिपेर खाँदा आमाले अरुको सामान नसोधी प्रयोग गर्नु भनेको चोरेसमान हो भनेर सिकाएको र आमाको त्यो भनाईले जिवनमा ठुलो मार्गदर्शन गरेको र कुनै पनि सित्तैमा पाइने धनको लोभ नगरेको बताए ।

समाजमा जागरण आवश्यक छ
हरेक व्यक्तीले आफूलाई परिवर्तन गर्न आवश्यक छ भन्ने उनलाई हमेसा लाग्ने गर्छ । अहिले उनी त्यसैको यात्रामा रहेको बताउँछन् ।