काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले हिमालयन हाइड्रो एक्स्पोको अपरिहार्यताका बारेमा चर्चा गरेका छन् । कार्कीले यसपालिको एक्स्पो विगतको तुलनामा भिन्न हुने आँकलन गरेका हुन् । मुख्य तय उनले अहिले पब्लिक डिमाण्ड फरक भएको, क्लिन इनर्जी, ग्रिन इनर्जीमा विश्वको ध्यान गएको, कतिपय मुलुकमा सुरक्षित लगानीको वाताबरण नभएको, नेपाल सरकारले जलविद्युतलाई सजाउँने सपना बुन्न थालेको र भारतले पनि उदार नीति लिएको खुलाएका छन् ।

यसपालिको हिमालयन एक्पोमा क्लिन इनर्जी तथा ग्रिन इनर्जीलाई फोकस गरीने

अध्यक्ष कार्कीले यस अघि पनि तीनवटा एक्पो सम्पन्न भइसकेको स्मरण गर्दै विगतका डिमाण्ड र अहिलेको डिमाण्ड नै फरक रहेको बताएका छन् । उनले जलविद्युत बेच्ने विषय विगतको जस्तो कुराकानीमा मात्र सिमित नभई सम्भव समेत रहेको बताएका छन् ।

कार्कीले मुख्य कुरा भनेको यसपालिको हिमालयन एक्पोमा क्लिन इनर्जी तथा ग्रिन इनर्जीलाई फोकस गरीने बताएका छन् । उनले बंगलादेश र भारतले पनि जलविद्युतमा उदार नीति लिइरहेको सम्झाउँदै लगानीको उपयुक्त गन्तव्यका रुपमा विदेशीका आँखा नेपालमा पर्न थालेको सम्झाए। उनले आफूहरु विभिन्न लगानी सम्मेलनमा सहभागी हुँदा नेपाल विदेशीको लगानीका लागि आकर्षणको केन्द्र बनेको पाएको ठहर गरेका हुन् ।

विदेशमा बसेका नेपालीबाट पनि लगानीका लागि आह्वान गर्नु पर्ने र लगानीसँगै विश्वको नयाँ नयाँ प्रविधि भित्राउँनेतर्फ सोच्नुपर्ने

त्यस्तै, विश्वका कतिपय भुभागहरु अफ्रिका लगायतका देशमा पूर्वाधारमा खासै लगानी नहुने र रशिया, युक्रेनको युद्धले पनि धेरै ठाउँमा असर पुर्याएकाले सुरक्षित लगानीको खोजी वोल्र्ड वाइड रुपमा भइरहेको बताएका छन् । उनले अब लगानी गर्न कहाँ लाने भन्ने प्रश्नमा नेपाल सरकारले पनि विदेशी लगानी भित्राउँने विषयमा गम्भिर भएर लागेको कार्कीको भनाई छ ।

उनले लगानी सम्मेलनमा ४६ खर्ब रुपैयाँ आवश्यक देखिएको भन्दै त्यसमा कहाँबाट ल्याउँने भन्नेमा राष्ट्र बैंकका कर्मचारीहरु १० खर्ब मात्रै नेपालबाट जुटने अनुमान गरिरहेको बताए । उनले विदेशमा बसेका नेपालीबाट पनि लगानीका लागि आह्वान गर्नु पर्ने र लगानीसँगै विश्वको नयाँ नयाँ प्रविधि भित्राउँनेतर्फ सोच्नुपर्नेमा जोड दिए।

समयमै विकास निर्माण गरेर त्यसबाट जनतामा ठूलो मात्राको रोजगारीसँगै सुनौला अवसरहरुको पनि सिर्जना हुने

कार्कीले सबैको साझा विचारबाट नै क्लिन इनर्जि र ग्रिन इनर्जिको क्षेत्रमा काम गर्न सम्भव हुने बताएका छन् । उनले त्यसका लागि बैंक, प्रविधि, बीमा, पूर्वाधारलाई एकै ठाउँमा ल्याएर नेपालमा विकासको लागि काम गर्नु पर्ने बताए।

साथै छिमेकी मुलुक भारत पनि नेपालको लगानी सम्मेलनका लागि उदार नीति लिएर अघि बढेकाले नेपालमा रहेका पूर्वाधारहरुको समयमै विकास निर्माण गरेर त्यसबाट जनतामा ठूलो मात्राको रोजगारीसँगै सुनौला अवसरहरुको पनि सिर्जना हुने अध्यक्ष कार्कीले बताएका छन् ।

ग्रिन हाइड्रोजनको क्षेत्रमा निजी क्षेत्रले सक्रिय भूमिका निभाउँदै,यस्तो छ महत्व