काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेसँगै अर्थ मन्त्रीको कार्यभार नारायणकाजी श्रेष्ठलाई दिइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रीको कार्यभार परराष्ट्र मन्त्री श्रेष्ठलाई दिएका हुन्। अर्थमन्त्री पुनको अनुपस्थितिमा उनलाई जिम्मेवारी तोकिएको हो ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन सोमबार बिहान चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन कतार एयरवेजको जहाजबाट वासिङ्टन डिसीका लागि प्रस्थान गरेको थिए ।