काठमाडौं । द ग्लोबल फन्डले नेपाललाई ८७ हजार ३ सय ६१ अमेरिकी डलर बराबरको औषधि सहायता प्रदान दिने पक्का भएको छ।

सेभ द चिल्ड्रेनमार्फत फन्डले स्वास्थ्य सेवा विभागलाई मलेरियाको औषधि सहयोग गर्ने भएको हो।

फन्डले मलेरिया र्‍यापिड डाइग्नोस्टिक टेस किट ८ हजार प्रति दिनेछ। उक्त औषधि आयात गर्दा भन्सार छुट प्रदान गर्ने अर्थमन्त्री वर्षमान पुनले निर्णय गरेका छन्।

अर्थमन्त्री पुनले चैत २५ गते मन्त्रीस्तरीय निर्णय गरेर भन्सार छुट प्रदान गर्न भन्सार विभाग तथा भन्सार कार्यालयहरुलाई लिखित निर्देशन जारी गरिसकेको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थमन्त्रीको निर्देशनअनुसार सेभ द चिल्ड्रेन नामक संस्थाको नाममा नेपाल आउने गरी भन्सार छुट प्रदान भन्सार कार्यालयले गर्नुपर्छ।