काठमाडौँ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज बुधवार मतपत्र पठाइने भएको छ।

मतपत्र छपाइको काम सकिएसँगै मतपत्र सम्बन्धित क्षेत्रमा पठाउन लागेको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिएको जानकारी अनुसार इलाम–२ का लागि एक लाख २८ हजार र बझाङ १९१० का लागि ६८ हजार मतपत्र छापिएको छ ।

इलाम–२ मा १९ र बझाङ १९१० मा ११ उम्मेदवार छन् । इलामका लागि एक लाख १५ हजार ८९ मतदाता कायम भएका छन् । बझाङमा ६१ हजार ७४ मतदाता छन्। यति बेला दलहरू चुनाव प्रचारका निमित्त मैदानमा खटिएका छन् ।