काठमाडौँ । कानुन तथा संसदीय व्यवस्था मन्त्री पदम गिरीले नीति नियममा परिमार्जन गरेरै भए नि गोसाइँकुण्डमा केबुलकार निर्माण गर्न पहल गर्ने बताएका छन्।
गोसाईंकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जको संयुक्त आयोजनामा तेस्रो गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कप भलिबल खेल, १२ औँ रेडपाण्डा ट्राफिक तथा २९ वन्यजन्तु सप्ताहको धुन्चेमा उद्घाटन गर्दै मन्त्री गिरीले सो उक्त कुरा बताएका हुन् ।
मन्त्री गिरीले केबुलकारको कार्यविधि पारित गराउन आवश्यक पर्ने बुँदा समयसापेक्ष परिमार्जन गरी स्थानीयवासीको माग र आवश्यकता पुरा गर्न र गराउन आफू प्रतिबद्ध रहेको बताए ।
कुनै पनि कार्य गर्दा वा गराउँदा जैविक विविधताको संरक्षणलाई ध्यानमा राखी गरिने उनको भनाइ छ । कानुन मन्त्री गिरीले आजै सीमावर्ती रसुवागढी क्षेत्रको भ्रमण गरी सीमाबाट वारिपारि आउजाउका विषयमा समेत जानकारी लिएका थिए ।