काठमाडौं । बचत कर्ताको निक्षेप फिर्ता नगर्ने हाम्रो समस्याग्रस्त सहकारी नयाँ कृषि सहकारी संस्था लिमिटेडमा भएको रकम हिनामिना प्रकरणमा मुद्दा नचल्ने निर्णय भएको छ ।
उक्त सहकारीले बतचकर्ताको ४ करोड ९२ लाख बचत रकम फिर्ता नगरेको आरोप लागेको छ । सीआईबीको राय अनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय गरेको जनाएको छ ।
सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएका ३ जना छुटेका छन् । नयाँ कृषि सहकारी संस्थाका उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष रामहरि अधिकारी र नविन अछामीलाई थुनामुक्त भएका छन् ।
नयाँ कृषिको सञ्चालक समितिका सदस्य दुर्गा चापागाईं बुटवलमा थुनामा छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका उनलाई सीआईबीले काठमाडौँमा झिकाएर बयान लिएको थियो । सहकारी विभागले गत असोजमा सो सहकारीबारे अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेको थियो।







