काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर धनीको नाममा रहेको १० लाख कित्ता सेयर बिक्रीमा राखेको छ।
उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयर धनीले आवेदन दिन सकिने बैंकले जनाएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयर धनीले आज ९वैशाख ६ गते० बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौँमा खरिद गर्न चाहेको सेयर सङ्ख्याको विस्तृत खुलाई आवेदन दिनुपर्ने बैंकको सूचनामा उल्लेख गरिएको छ ।
सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । सो समयमा संस्थापक सेयर धनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले एक सूचना मार्फत जानकारी दिएको छ ।