काठमाडौँ। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयर धनीलाई लाभांश नदिने घोषणा गरेको छ।

वैशाख ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयर धनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो सूचना जारी गरेको छ।

उक्त बैठकले गत आवको वित्तीय विवरणहरू पारित गर्दै लाभांश नदिने प्रस्तावसहितका वित्तीय विवरणहरू स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ। साथै संस्थाले आव २०७८/७९ का लागि समेत लाभांश वितरण गरेको थिएन ।