काठमाडौं । साताको अन्तिम कारोबारका दिन आज शेयर बजारमा आज पनि गिरावट आएको छ। बिहीबार बजार १९.५६ अंकले घटेर १९७२ को विन्दुमा कायम हुन पुगेको छ ।
शेयर बजार घटेसँग कारोबार रकम पनि घटेको छ । आज कारोबार भएको सम्पूर्ण उपसूचकहरु राताम्मे बनेका छन् । त्यस्तै, कारोबार भएका कुल कम्पनीहरुमध्ये २११ वटाको शेयरमूल्य घटेको छ ।
साता कारोबारको अन्तिम दिन ३१५ कम्पनीको ५३ लाख ४४ लाख ६१३ कित्ता शेयर खरिद बिक्री हुदाँ दुई अर्ब नौ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
उक्त दिन सबैभन्दा बढी गुुुुुुुुुुर्खाज फाइनान्सको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १७ करोड ८२ लाख ८५ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको १० करोड ५१ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।