काठमाडौँ । युनाईटेड अरब इमिरेट्स (युएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको ज्यान गएको छ ।

आबुधाबी स्थित नेपाली दूतावासले दिएको सूचना अनुसार मृत्यु हुनेमा भरतपुरका मोहन पुन रहेको छन् ।
युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले  जनाएको छ ।

पुन सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दूतावासले जानकारी दिएको छ । युएईमा दुई दिन देखी परेको वर्षाका कारण बाढी आई रहेको छ । बाढीका कारण युएईका सरकारी कार्यालय बन्द रहेको दूतावासले जानकारी दिएको छ ।

सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दूतावासले बताएका छन् । पुन भिजिट भिसामा युएई पुगेको दूतावासले जनाएको हो ।