काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लिमिटेडले रिक्त रहेका २ पदहरुमा उच्च तहका कर्मचारी माग गरेको हो ।

एनआइसी एशिया लघुवित्तले आज सूचना प्रकाशित गर्दै नायव कार्यकारी अधिकृत र सहायक प्रमुख कार्यकारी पदमा कर्मचारी माग गरेको हो ।

लिमिटेडले उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले व्यवस्थापन, अर्थशास्त्र विषयमा स्नाकोत्तर तह वा सीए उत्तिर्ण गरि ५ वर्ष वा स्नातक तह उत्तिर्ण गरी ७ वर्ष लघुवित्त क्षेत्रमा व्यवस्थापकीय तहमा कार्य गरेको हुनुपर्ने बताएको छ ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशितको मितिले असार १३ गतेभित्र आवेदन दिन सक्ने छन् ।