काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ४ कम्पनीलाई संस्थागत लगानीकर्ताको काम गर्न अनुमति दिएको छ ।

बोर्डले एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२, लागत इन्भेष्टमेन्ट प्रालि, राष्ट्रिय वाणिज्य बैंक र टु नर्थ एसोसिएट्स प्रालिलाई लगानीकर्ताको काम गर्न अनुमति दिएको हो ।

संस्थागत लगानीकर्ता कम्पनी वा संस्थाले नियामकले तोकेको क्षेत्रमा अन्य व्यक्तिको तर्फबाट सीमित रकम लगानी गर्ने गर्दछ ।

बोर्डले थप ४ कम्पनीलाई संस्थागत लगानीकर्ताको काम गर्न अनुमति दिएसँगै संस्थागत लगानीकर्ताको संख्या १३५ पुगेको छ ।