काठमाडौं । आज (बुुधबार) शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १६.४२ अंकले बढेर २,०३७.०२ को विन्दुमा कायम पुुगेको छ ।

त्यस्तै आज १२६ कम्पनीको शेयर मुल्य बढेको छ भने ९१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज पाँच अर्ब एक करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जुन पाँच महिना यताकै उच्च कारोबार हो ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको २८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

हिमालयन डिष्टिलरीको २४ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज खप्तड लघुवित्त र सिटी होटल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । खप्तड लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ८५.९० रुपैयाँले र सिटी होटल्सको सेयर मूल्य प्रतिकित्ता १४.७० रुपैयाँले बढेको छ ।