काठमाडौं । नेपाल बीमा प्राधिकरणको सर्भर केही बेर डाउन हुँदा परिक्षार्थीहरुलाई समस्या सिर्जना भएको छ । प्राधिकरणको नयाँ वर्षको सुरुवातसँगै ल्याएको वेवासाईटमा समस्या देखिएको हो । यता बीमा प्राधिकरणले भने मर्मत कार्य समेत सुचारु भइसकेको आर्थिक भ्वाईसलाई जानकारी दिएको हो ।

अभिकर्ता तथा बीमा सर्भेयरहरुको परिक्षाको विस्तृत अपडेट राख्ने प्राधिकरणको वेवसाईट नयाँ बनाउने क्रममा सामान्य समस्या देखिए पनि त्यसलाई थप परिस्कृत बनाउँन लागिएको बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका एक कर्मचारीले आगामी दिनमा सम्भव भएसम्मका सेवाहरु प्रविधि मैत्री रुपम दिन आफूहरुले गृहकार्य गरिरहेको पनि बताए ।

केही दिन अघि नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार कर्णले समेत बीमा प्राधिकरणले आधुनिक, प्रविधि मैत्री यात्रा सुरु गरिसकेको र त्यसबाट लाखौ बीमितहरु लाभान्वित हुँदै आएको बताएका थिए । हाल प्राधिकरणले वेभ साइटको चेकजाँचको क्रममा रहेकाले केही महिना भित्रै उक्त वेभ साइट थप परिस्कृत बन्दै जाने विश्वास समेत व्यक्त गरेका थिए ।

हाल नेपाल बीमा प्राधिकरणले समेत बैंक, वित्तीय क्षेत्रको जस्तै रियल टाइम डाटाका आधारमा ग्राहकहरुलाई सेवा दिने लक्ष्य राख्दै आएको उनको भनाई छ ।