काठमाडौँ । बैंकिङ प्रणालीको निक्षेपमा एकै दिन १ अर्ब रुपैयाँले कमी आएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वैशाख ५ गते बैंकिङ प्रणालीबाट १ अर्ब रुपैयाँ बाहिरिएको हो ।
वैशाख ५ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन रहेको छ । वैशाख ४ गतेसम्म भने ६१ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । त्यस्तै कुल निक्षेपमा वाणिज्य बैङ्कहरूको निक्षेप ५४ खर्ब २२ अर्ब रुपैयाँ रहेको छ ।
वैशाख ४ गते दिन वाणिज्य बैङ्कहरूको कुल निक्षेप ५४ खर्ब २४ अर्ब रहेको थियो । यसरी वाणिज्य बैङ्कहरूको निक्षेप पनि एक दिनको अन्तरालमा १ अर्बले घटेको छ । अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १६ अर्ब रुपैयाँ रहेको छ ।
वैशाख ४ गते ५१ खर्ब ५ अर्ब रहेको कर्जा प्रवाह वैशाख ५ गतेसम्म पनि त्यति नै रहेको छ । सीडी रेसियो पनि स्थिर अर्थात् ८०.८२ प्रतिशत छ । बैङ्कहरूको अन्तरबैंक ब्याजदर भने ह्वात्तै बढेको छ ।