काठमाडौँ । ब्राजिलमा डेङ्गीका कारण मृत्यु हुनेको सङ्ख्या साढे चार महिनाको अवधिमा १६ सय बढी कटेको छ ।  गएको जनवरी महिनादेखि यताको समयमा १६ सय एक जनाको ज्यान गएको पुष्टि भएको र अरू दुई हजार जनाको मृत्युबारे अनुसन्धान भइरहेको ब्राजिलको स्वास्थ्य मन्त्रालयको तथ्याकंमा उल्लेख छ ।

चिनियाँ समाचार संस्था स्न्हिवाका अनुसार ब्राजिलभर अहिले ३५ लाख जनाभन्दा धेरैलाई डेङ्गी लागेको पुष्टि भएको छ । हरेक एक लाख जनामध्ये १७ सय ४१ जनामा डेङ्गी देखिएको उक्त समाचार संस्थाले जनाएको छ ।

ब्राजिलमा गएको वर्ष डेङ्गीबाट ज्यान गुमाउनेको तुलनामा यो वर्षको चार महिनामा ज्यान गुमाउनेको सङ्ख्या ३५ प्रतिशत धेरै छ । गएको वर्ष ११ सय ७९ जनाको ज्यान गएको थियो । डेङ्गीबाट २० देखि २९ वर्ष उमेर समूहका मानिस धेरै प्रभावित भएका छन् । एजेन्सीको सहयोगमा