काठमाडौँ । सँघारमा रहेको लगानी सम्मेलनलाई केन्द्रमा राखेर प्रस्ताव माथि छलफल र निर्णय गर्नका लागि मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
लगानी सम्मेलनका लागि अधिकांश कानुनहरू अध्यादेशमार्फत ल्याउनुपर्ने अवस्था छ । एक दर्जनभन्दा बढी कानुन संशोधन गर्नुपर्ने अवस्थामा रहेको व्यवसायी गुनासो गर्दै आएका छन् ।
त्यसलाई केन्द्रित गरेर बैठक बस्न लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान १० बजे बैठक बस्ने तय भएको छ ।