काठमाडौँ। आज मंगलबारका दिन नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रति तोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्यमा समेत गिरावट आएको छ । आज तेजावी सुन तोलामा २७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यता, चाँदीको भाउ तोलामा ४५ रुपैयाँले घटेको छ। मङ्गलवार चाँदी प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ६० रुपियाँमा कारोबार भइरहेको छ ।