काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँ अवतरण गरेका छन् । उनी आफ्नो निजी विमानमा दिउँसो साढे ३ बजेको समयमा त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

उनी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि उनी नेपाल आएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार आजै राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गर्नेछन्।

साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको समेत आयोजना गर्ने कार्यक्रम छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबिच बुधवार द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।