काठमाडौं । साताको चौथो दिन आज सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । बुधबार बजार ०.१५ अंकले बढेर १९६९ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा आज ३१३ कम्पनीहरुको ७२ लाख ८४ हजार २७२ वटा कित्ता शेयर खरिद–बिक्री भई दुई अर्ब ५३ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, आज पोखरा फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज शेयरबजारमा सुधार आउदा सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक सेयरको सर्वाधिक सेयर कारोबार भएको छ। कम्पनीको ६३ करोड ३० लाख ९३ हजार रुपैया बराबरको कारोबार भएको छ ।

त्यसैगरी कारोबार रकमको आधारमा पोखरा फाइनान्स दोस्रो स्थानमा रहेको छ । उक्त कम्पनीको १४ करोड ८० लाख १६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

पुनर्बीमाको ६३ करोड ३० लाख रुपैयाँ बराबरको शेयर करोबार भएको छ । त्यस्तै, पोखरा फाइनान्स, गोखार्ज फाइनान्स, नेपाल फाइनान्स, एनआईसी एशिया बैंक, माई खोलाको आज सर्वाधिक खरिदबिक्रि भएको छ।