काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरूको नेतृत्व चयन भएको छ । चेम्बर अन्तर्गतका २४ वटा विभागको सभापति चयन भएको हो ।

विपद् व्यवस्थापन परिषद्को सभापतिमा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा चयन भएका छन् । महिला चेम्बरको सभापतिमा उपाध्यक्ष उर्मिला श्रेष्ठ, रोजगारदाता परिषद्को सभापतिमा उपाध्यक्ष दीपक श्रेष्ठ चयन भएका छन् ।

यस्तै उपाध्यक्षहरू सुरेन्द्र कुमार श्रेष्ठ बस्तुगत समन्वय परिषद्, नीलकण्ठ चौलागाईं संस्थागत समन्वय परिषद् एवं सन्तोष कुमार पाण्डे जिल्ला समन्वय परिषद्को सभापति बन्नुभएको हो । मानार्थ उपाध्यक्ष अर्जुन प्रसाद शर्मा अन्तर्राष्ट्रिय प्रवर्द्धन समितिको सभापति चयन भए ।

उपभोक्ता हित आपूर्ति, स्थानीय निकाय, प्रशासन तथा स्थानीय प्रशासन, सुरक्षा समन्वय समितिको सभापतिमा देवेन्द्रभक्त श्रेष्ठ चयन भएका छन् । चेम्बरको राजश्व समितिमा परशुराम दाहाल, अतिथि सत्कार, क्लब तथा मर्मत सम्भार समितिको सभापतिमा राजा रत्न तुलाधर, मेला समितिमा राष्ट्र भूषण चाकुबजी, कृषि जडीबुटी तथा बनजन्य समितिमा कृष्णमान श्रेष्ठ, उद्योग वाणिज्य समितिको सभापतिमा भिमलाल पौडेल चयन भए ।

चेम्बरको सूचना प्रचार प्रसार समितिमा दीपककाजी तुलाधर, वातावरण समितिमा राम श्रेष्ठ, पर्यटन तथा संस्कृति प्रवर्द्धन समितिमा राजु श्रेष्ठ, युथ चेम्बरको सभापतिमा दीपेश तुलाधर चयन भएका हुन ।

यसैगरी पूर्वाधार तथा भुमि सुधार समितिमा रोशन भोयधो, सामाजिक तथा स्वास्थ्य समितिमा मृगेन्द्रमेहर श्रेष्ठ, बैंक वित्तीय तथा बिमा समितिको सभापतिमा मनोहरदास मुल, ऊर्जा समितिको सभापतिमा नरेन्द्रबल्लभ पन्त, निर्यात प्रवर्द्धन समितिको सभापतिमा सञ्जय कुमार अग्रवाल चयन भएका छन् ।

चेम्बर अफ कमर्सको खेलकुद समितिको सभापतिमा रूपक राजवंशी, सूचना प्रविधि समितिमा विज्ञान श्रेष्ठ चयन भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । चेम्बर अफ कमर्सको ७३ औं वार्षिक साधारणसभापछि बनेको नया“ कार्यसमितिले विषयगत समितिको सभापति पनि चयन गरेको हो । यसअघि सल्लाहकार परिषद्को अध्यक्षमा पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठ चयन भएका थिए।