काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुन तोलामा २०० रुपैयाँले घटेको हो।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आएको छ ।