काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । विहिवारका दिन प्रतितोला २ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने १४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ६७५ रुपैयाँ कायम भएको छ ।