काठमाडौँ । आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एकै दिन बैंकिङ प्रणालीको निक्षेप २ अर्ब रुपैयाँले बढेको छ।  बैंकको सार्वजनिक तथ्यांक अनुसार वैशाख ९ गते बैंकिङ प्रणालीबाट २ अर्ब रुपैयाँ बाहिरिएको हो। त्यस्तै केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख ९ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन छ ।

वैशाख ८ गतेसम्म भने बैंकिङ प्रणालीमा ६१ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । वाणिज्य बैंकहरुको निक्षेप पनि १ अर्ब रुपैयाँले घटेको छ। कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ ।

यस्तै अन्य वित्तीय संस्थाको निक्षेप पनि १ अर्बले घटेको छ । वैशाख ९ गतेसम्म अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ । बैंकिङ क्षेत्रको कुल कर्जा प्रवाह भने स्थिर छ ।

वैशाख ८ गते ५१ खर्ब २ अर्ब रहेको कर्जा प्रवाह वैशाख ९ गतेसम्म त्यति नै छ । यस्तै सीडी रेसियो पनि स्थिर अर्थात् ८०.७९ प्रतिशत रहेको छ । अन्तरबैंक ब्याजदर भने केही बढेको छ ।  अन्तरबैंक ब्याजदर २.९२ प्रतिशत कायम भएको छ ।