काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघ, बागमति प्रदेशको अध्यक्षमा पवन कुमार थापा चयन भएका छन्।
बैंशाख १५ गते भएको भेलाले सर्वसम्मत रुपमा थापालाई अध्यक्षमा मनोनित गरेको थियो । थापा सहित १३ जनाको कार्यससमिती चयन भएका छन् ।
भेलाले उपाध्यक्षमा समिक भण्डारी, सचिवमा अर्जुन प्रसाद भट्ट, कोषध्यक्षमा इश्वर पौडेल र सदस्यहरुमा क्रमशः पवित्रा कटुवाल, रोजिना पुडासैनि, रबिन बस्नेत, शुस्मा सुनार, महेश खतिवडा, शसांक डिसि, बिश्व खनाल, सुरेन्द्र राज पौडेल र ज्योतिका राणालाई चयन गरेको छ ।
नेपाल ट्रेड युनियन काग्रेसका उपाध्यक्ष गणेश के.सि.को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा कम्पनीका डि.सि.यो.कपिल कुमार दाहाल, बीमा प्रधिकरण कर्मचारी संघका अध्यक्ष शम्भु मिश्र लगायतले शुभकामना मन्तव्य दिएका थिए ।