काठमाडौँ। भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना भएको छ ।
भोजपुरको बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दुर्घटना भएको छ ।भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवाको दूधकोशी नदी किनारमा जिप खसेको हो । उक्त दुर्घटनाबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको हो । हाल घाइतेहरूको परिचय र जिप दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीको भनाई छ ।