काठमाडौँ । उपचुनाव अन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।
कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गरेका छन् ।
एमालेका भण्डारीले ११६१२ मत ल्याउँदा कांग्रेसका सिंह ११३४३ मा रोकिए । २६६ मतले भण्डारि विजयी भएका हुन् ।
नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३८३१ मत ल्याउँदा नेकपा एसका दिलबहादुर सिंहले २५१४ मत ल्याए ।