काठमाडौँ। आज सम्पन्न भएको तेस्रो लगानी सम्मेलनमा मनोरञ्जन क्षेत्रमा चिनियाँ र भारतीय कम्पनीसँग समझदारी भएको छ।
आज बीटूबी प्यानल डिस्कसनमा भारतीय र चाइनिज लगानीकर्ताको चासो गोपी कृष्ण सेन्ट्रल कम्प्लेक्स ९जीकेसीसी० परियोजनामा देखिएको थियो । कम्पनीका अनुसार लक्जरियस अपार्टमेन्ट, फाइभ स्टार होटल, सपिङ्ग मल तथा मल्टिप्लेक्स सिनेमा परियोजनालाई स्वदेशी तथा विदेशी लगानीकर्ताहरूले स्ट्यान्डर्ड प्रोजेक्ट भनेका छन् ।
लगानी साझेदार बन्न औपचारिक प्रस्ताव आएका मध्ये लगानी मैत्री कम्पनी र संस्थालाई इक्युटी पार्टनरका रूपमा भित्र्याउने तयारी कम्पनीले गरेको हो । सोमबार नै लगानीकर्ताहरूसँग कम्पनीका तर्फबाट एमडी निरक पौडेलले सम्झौता पत्रको ड्राफ्ट साटफेर गरेका छन्।
बैंकिङ तथा प्राविधिक पक्षहरूमा क्लियर भएपछि अन्तिम सम्झौता हुने उनले जानकारी दिए । लगानी सम्मेलनले नेपालमा लगानी मैत्री वातावरण रहेको सकारात्मक सन्देश प्रवाह गरेको उनको भनाइ छ । उनका अनुसार शोकेसमा राखिएको जीकेसीसी परियोजनालाई धेरै लगानीकर्ताले चासो देखाएका थिए ।
उनका अनुसार जीकेसीसी परियोजनालाई चिनियाँ सिन्चेन ह्वाह इन्टरनेसनल र जज्याङ् अर्वन कन्स्ट्रक्सन ग्रुप तथा भारतीय कम्पनी क्रस काउन्ड्री एड्भाइजरी र साइस्पेक्टिभ इन्टरनेसनलले सम्झौता पत्रको ड्राफ्ट साटफेर गरेका छन् ।
५० मिलियन डलर लागत रहेको परियोजनाका लागि ३० देखि ४० प्रतिशतको लगानी साझेदार खोजिएको एमडी पौडेलले सुनाए ।