काठमाडौं । मेन्छियाम हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ५४ लाख २५ हजार ८३३ कित्ता शेयर आज (बिहीबार) नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष एनआईसी एसिया क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा विक्री पूबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आह्वान गरेको थियो ।

सर्वसाधारण लगानीकता शेयरधनीहरुलाई वितरण गरेको (बैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, स्थानीय बासिन्दाहरु र कर्मचारीहरु समेत) लाई निष्काशन गरेको १६ लाख २७ हजार ७५० कित्ता शेयर र संस्थापकहरुले लगानी गरेको ३७ लाख ९८ हजार २३ कित्ता शेयर गरि सो बराबरको शेयर नेप्समा सूचीकृत भएको हो।

कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ७७ रुपैयाँ ४५ पैसादेखि २३२ रुपैयाँ ३५ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।