काठमाडौं। सरकारले भोलि बुधवारका दिन देशभर सार्वजनिक विदा दिएको छ। विश्व मजदुर दिवसको अवसरमा सरकाले भोलि बैंशाख १९ गते देशभर सार्वजनिक विदा दिएको हो ।
सार्वजनिक विदा भएसँगै भोली १९ गतेको दिन बैंक, बित्तीय संस्था, सरकारी कार्यालय, शैक्षिक संस्थाहरु, तथा नेप्से, बीमा कम्पनीका कार्यालयहरु बन्द रहने भएका छन् ।
‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको थियो ।